बीमा कम्पनीकाे सिईओ अब ५ बाट छानिदै

-



     सफल आवाज    
     पौष ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ पुस । राष्ट्रिय बीमा कम्पनीकाे कार्यकारी अधिकृतको लागि पहिलो चरणको छनोटबाट ५ जना उम्मेदवार छानिएका छन् । कम्पनीको उदपूर्ति समितिले कार्यकारी पदको लागि निवेदन दिएका ११ जना उम्मेदवारमध्ये ६ जनालाई अयोग्य भनेपछि ६ जना बाहिरीएका छन् ।

कम्पनीमा कार्यकारी प्रमुखको पद रिक्त भएपछि पदपूर्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्न उपसमिति गठन गरिएको थियो । सो समितिले सिईिओको लागि आवेदन दिएका ११ जनाबाट ५ जनालाई छनोट गरेको हो । अन्य ६ जना प्रतिष्पर्धाबाट बाहिरीएका छन् ।

पहिलो चरणबाट छानिएकाहरुमा तोयराज अधिकारी, रामबहादुर खड्का, बुद्धकाजी श्रेष्ठ, शेखर वराल र सुरेन्द्र थापा रहेका छन् । प्रतिष्पर्धाबाट बाहिरिएकाहरुमा शेरजंग कार्कि, कृष्ण बहादुर कार्की, रशेस लम्साल, साउद आचार्य, सुकल्याण पराजुली र मनोजसिंह भण्डारी रहेका छन् ।

समितिका अनुसार सिईओका लागि आवेदनका दिएका उम्मेदवारको शैक्षिक योग्यता, काम गरेको अनुभव, व्यवसायिक कार्ययोजना र त्यसको प्रस्तुतिलगायतको मूल्यांकनबाट आउने अंकलाई छनोटको आधार मानिएको छ ।

अब उनीहरुमध्येबाट एक सिईओ छनोट गरिने भएको छ । कम्पनीका अनुसार आवस्यक प्रक्रिया पूरा भएपछि पहिलो चरणमा छानिएकाहरुबाट सिईओ छनोटका लागि अन्र्तवार्तामा बोलाइने त्यसको मिति समयमा केहि दिनमा तोकिने भएको छ ।

कम्पनीको नयाँ सिईओ नियुक्त भएपछिको उनको काँधमा बिग १० वर्षदेखि नभएको वार्षिक साधारण सभा गराउनु पर्ने भारि आउनेछ । कम्पनीको २०६८/२०६९ सालबाट साधारण सभा भएको छैन ।