जितिया पर्वले सभ्य समाज निर्माण गर्न उत्प्रेरणा प्रदान गरोस्ः राष्ट्रपति

-



     सफल आवाज    
     भाद्र २५ गते २०७७ मा प्रकाशित



काठमाडौँ, २५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वका अवसरमा आज शुभकामना सन्दैश दिँदै पर्वले सभ्य समाज निर्माण गर्न उत्प्रेरणा प्रदान गरोस् भनि कामना गरेकी छन । सांस्कृतिक पर्वले परिवार, समुदायका सदस्यबीच आपसी प्रेम‚ विश्वािस‚ सद्भायव र सहयोगको भावनालाई प्रगाढ बनाउने बताएकी छन ।

विविध जातजाति‚ भाषाभाषी‚ संस्कृति र भूगोलका सम्पूर्ण नेपालीबीच परस्पर सदभाव, सहिष्णुता‚समझदारी र ऐक्यबद्धताको भावनालाई सबल बनाउँदै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरेकी छन ।

राष्ट्रपति भण्डारीले नेपालको तराईक्षेत्रमा मैथिल र थारुसमुदायका महिलाले मनाउने जितिया पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका जितिया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि‚ सुस्वास्थ्य र दीर्घायुको कामना पनि गरेकी छन।

नेपालमा मनाइने यस किसिमका चाडपर्वले विशिष्ट सांस्कृतिक पहिचान र सभ्यतालाई उजागर गरेको बताउँदै राष्ट्रपति भण्डारीले चाडपर्व मनाउँदा परम्पराका नाममा विभेदका अभ्यास तथा अव्यावहारिक चलनलाई समयअनुसार सुधार गर्दै जानुपर्ने विचार व्यक्त गरेकी छन ।