
काठमाडौं, २५ भदौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो भएपछि बजारमा चहलपहल सुरु भएको छ । प्रशासनले आज बिहीवारदेखि भदौं ३१ गते राति १२.०० सम्मको लागि विभिन्न पेशा, व्यवसाय सञ्चालनको लागि सहजता प्रदान गरेको हाे ।
हाल लागु गरिएको नयां नियमअनुसार तोकिएको समयमा अत्यावश्यक वस्तु, सेवामध्ये औषधी तथा स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल व्यवसाय २४ सै घन्टा सञ्चालन गर्न सकिने निर्णय गरेको छ । स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गरी अत्यावश्यक वस्तु, सेवामध्ये खाद्य, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु विक्री वितरण गर्ने पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुल्नेछन ।
टेकअवे सेवा साथै अनलाइन डेलिभरी सेवा उपलव्ध गराउन स्वास्थ्यको मापदण्ड पालना गरी दिउँसो १२ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाईनेछ । सहकारी संस्थाहरु बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न सकिनेछ । बैक तथा बितीय सस्थाकाे हकमा यसअघीकाे नियम बमाेजिम हुने बताइएकाे छ ।
सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल लगायतका पसलमा स्वास्थ्य मापदण्डलाई अनिवार्य पालना गरी हप्ताको सोमवार, वुधवार र शनिवार मात्र खोल्न पाईने भएको छ ।
फर्निचर, अटोमोबाइल सम्बन्धी पसल हप्तामा सोमवार र बुधवार मात्र खोल्न सकिने भएको छ । स्टेशनरी, ईलेक्ट्रिक तथा ईलेक्ट्रोनिक्स पसल, डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिने निर्णय गरेको छ ।
सवारी साधन मर्मतका वर्कसप बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुनेछन । यी सवै ब्यबसाय गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्नुपर्ने, उद्योग कलकारखाना सञ्चालन गर्दा कामदारको खाने बस्ने व्यवस्था उद्योग परिसरमै गर्नुपर्ने भएको छ । यसका लागि पीपीई सेट लगायतका स्वास्थ्य सामग्री कलकारखाना,उद्योगले आफै प्रवन्ध गर्नुपर्ने भएको छ।
रोक लगाइएका क्षेत्रहरु :
प्रशासनले अहिलेपनि केही क्षेत्रलाई खोल्न रोक लगाएको छ । जारी सुचना अनुसार खुल्ला स्थानमा मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस गर्न गराउन निषेध गरिएको छ । भीडभाड हुने गतिविधिहरु, जात्रा,मेला, महोत्सव, भोजभतेर गर्न गराउन, मठ मन्दिर, मस्जिद, चर्च, लगायतका धार्मिक तथा सांस्कृतिक स्थानहरुमा दैनिक नित्य पूजा बाहेकका गतिविधिहरु सञ्चालनमा रोक लगाईएको छ ।
यस्तै, बढि भीडभाड हुने उद्योग, कलकारखाना, व्यापार व्यवसाय अन्तर्गत स्वास्थ्य मापदण्ड विपरित हुने क्रियाकलापहरु गर्न, चाडपर्व लगायतका धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्य गर्नको लागि हुने जमघटहरु र शैक्षिक संस्थाहरुको सञ्चालन गर्न रोक लगाईएको छ ।
सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, शैलुन, व्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेल प्रस्तुती, पुस्तकालय, संग्रहालय, चिडियाखाना संचालनमा अहिले पनि निषेध कायमै छ ।उद्योग, व्यापार, व्यवसाय, निर्माण लगायतका काममा स्वास्थ्य सुरक्षा मापदण्ड विपरित श्रमिक÷कामदारको ओसार पसार गर्ने कार्यमा रोक लगाईएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



