दुई दिनमा रु १३०० ले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     पौष १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ पुस । सुनचाँदीको भाउ लगातार उकालो लागेको छ । शुक्रबार रुपैयाँ ६०० ले बढेर काराेबार भएकाे सुन साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार प्रतितोला ७०० ले बढेको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रुपैयाँ ७०० ले बढेर प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाला सुन ६०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले चाँदी प्रतितोला रुपैयाँ १० ले बढेर यसदिन प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।