वाणिज्य बैंक र खल्तीबीच सम्झौता : अब मोबाइल बैंकिंङबाट ‘खल्ती’ मा पैसा राख्न सकिने

-



     सफल आवाज    
     पौष २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ पुस । मोबाइल बैंकिङबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने गरी राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता भएको छ ।

सम्झौतासँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट पैसा राखेर विभिन्न प्रकारका भुक्तानी गर्न सक्ने भएका छन् ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काका अनुसार राष्ट्रिय वाणिज्य बैंकसँगको साझेदारीले बैंक र खल्तीका ग्राहकले भुक्तानी, वित्तीय सेवा लिन सक्ने भएका छन् ।