
पाेखरा, २२ पुस । पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा शिवलोक निर्माण परिकल्पना परियोजना सम्पन्न सङ्कल्प महायज्ञ २०७८ गरिने भएको छ ।
‘पर्यटन प्रवद्र्धनका लागि पुम्दीकोट, विशाल महादेव मूर्ति निर्माण हाम्रो अठोट’ एवं ‘समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेका लागि निकास’ भन्ने उद्घोषका साथ विशाल मूर्ति निर्माणसहित परिकल्पना गरिएको शिवलोक निर्माण परियोजनाका लागि आगामी माघ ८ गतेदेखि १८ गतेसम्म शिव महापुराण गर्न लागिएको पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए।
यसअघि गत २०७३ फागुन ३ गतेदेखि १३ गतेसम्म लगाइएको शिव महापुराणबाट २० रोपनी जग्गासहित रु छ करोड १८ लाख नगद प्राप्त भएको जानकारी दिँदै उनले आगामी शिव महापुराणमा रु १० करोडसम्म सहयोग प्राप्त हुने विश्वास लिइएको जानकारी दिए। महायज्ञका साथै सङ्घ, प्रदेश र स्थानीय तहबाट प्राप्त रकमबाट ५१ फिट अग्लो विशाल महादेव मूर्ति, ३१ फिट उचाइको डमरु, १०८ स्वर्गद्वारी सिँढी निर्माण, २१६ शिवलिङ्ग स्थापना, मोनोरेलद्वारा गणेश परिक्रमालगायतका विभिन्न काम सम्पन्न भइसकेको जानकारी दिँदै उनले हालसम्म रु २० करोड खर्च भइसकेको जानकारी दिए।
रु २० करोडमध्ये तीन करोड ७५ लाख भुक्तानी गर्न बाँकी रहेको जानकारी दिँदै उनले परियोजनालाई सम्पन्न गर्ने सन्दर्भमा महायज्ञ गर्न लागिएको स्पष्ट पारे। सुरुमा मूल लागत रु २० करोड रहेको बृहत् कार्ययोजना सम्पन्न गर्न तय भएका कार्यक्रम संशोधन भई हाल सुमेरु पर्वत निर्माण, गणेश परिक्रमा, मोनोरेल आदि थप कार्यक्रम समावेश गराउँदा लागत थप हुन गई रु ४० करोड पुगेको उनको भनाइ छ । महायज्ञ सम्पन्न गर्न पुम्दीकोट विकास समितिका अध्यक्ष बरालको संयोजकत्वमा १००८ सदस्यीय मूल आयोजक समिति गठन भई विभिन्न ३८ वटा उपसमिति गठन गरिएको छ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



