
काठमाडौं, २३ पुस । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुको लागि एकीकृत परिपत्र २०७८ जारी गर्दै सोहि अनुसार कामलाई अगाडी बढाउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज जारी गरेको परिपत्र संख्या १८/२०७८/२०७८ मा नेपाल राष्ट्र बैंक, बैंकिङ विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालयहरु, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र लिएका “क” वर्गका वाणिज्य बैंकहरु, राष्ट्रियस्तरका “ख” वर्गका विकास बैंकहरु र अन्य निकायहरुलाई एकीकृत परिपत्र जारी गरिएको उल्लेख छ ।
एकीकृत परिपत्र २०७८ मा एकीकृत परिपत्र, २०७६ र सो पश्चात २०७८ पुस १६ गते सम्म जारी परिपत्र/सूचना समेत समावेश गरी परिमार्जन गरिएको जनाईएको छ ।
विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र लिएका सरोकारवालाहरुलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ अनुसार काम गर्न गराउन विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी परिपत्र जारी गरीएकाे नेपाल राष्ट्र बैंक जनाएकाे छ ।
परिपत्रकाे पूर्णपाठसहित :-






बागलुङ, १० मंसिर । बागलुङको बडिगाड गाउँपालिकाबाट जन्मजात जटिल स्वास्थ्य समस्या देखिएका एक नवजात शिशुको…
ललितपुर, १० मङ्सिर। आदिवासी जनजाति समुदायको पुख्र्यौली थातथलोमा विकास आयोजना वा गतिविधि सञ्चालन गर्नुअघि सम्बन्धित…
काठमाडौं, १० मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा “ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६” प्रतियोगिता…
गण्डकी, १० मङ्सिर । हिजोआज पर्यटकीय सहर पोखराको मौसम सफा छ । हिमाल, तालतलैया र… 



