गण्डकीमा थप ३४ संक्रमित फेला, पाेखरामा १२ भेटिए

-



     सफल आवाज    
     भाद्र २६ गते २०७७ मा प्रकाशित



पोखरा, २६ भदौ । गण्डकी प्रदेशमा थप ३४ जना कोरोना संक्रमित फेला परेका छन् ।

प्रदेश स्वास्थ निर्देशनालयले शुक्रबार २ फरक विज्ञप्तिमार्फत पाेखरामा १२ सहित प्रदेशका थप ३४ जनामा काेराेना पुष्टि भएकाे जनाएको हाे। नयाँ भेटिने अधिकांश कन्ट्याक ट्रेसिङमा पहिचान भएका हुन्।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार याे सहित संक्रमित संख्या प्रदेशमा २ हजार ७ सय ६४ पुगेकाे छ।