तीन दिन हल्का तथा मध्यम वर्षाको सम्भावना

-



     सफल आवाज    
     भाद्र २६ गते २०७७ मा प्रकाशित




काठमाडौं, २६ भदौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका अधिकांश भूभागमा हल्का तथा मध्यम खालको वर्षा हुने बताएको छ ।

अहिले मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि रहेको छ । उक्त रेखा दक्षिणतर्फ रहेकोले केहि भूभागमा हल्का र केहि भूभागमा मध्यम खालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हाे ।

विषेशतः प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केहि ठाउँमा वर्षाको सम्भावना रहेको छ ।