ठेला र फुटपाथ बन्द गराउन महानगरकाे माग

-



     सफल आवाज    
     भाद्र २६ गते २०७७ मा प्रकाशित



काठमाडौं, २६ भदौं । काठमाडौं महानगरपालिकाले ठेला र फुटपाथ व्यापारमा प्रतिबन्ध लगाउन माग गरेको छ ।

महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई पत्र लेखी फुटपाथ तथा ठेला व्यापारमा पूर्ण प्रतिबन्ध लगाउन पुनः निषेधाज्ञाको आदेश जारी गर्न आग्रह गरेकी छन् ।