एकै दिनमा उच्च संक्रमित, १४५४ जना थपिए

-



     सफल आवाज    
     भाद्र २६ गते २०७७ मा प्रकाशित



काठमाडौं, २६ भदौ । नेपालमा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको २४ घण्टामा सो संख्यामा संक्रमित थपिएको जानकारी दिएका हुन् ।

यो नेपालमा एकै दिन संक्रमित हुनेमध्येको अहिलेसम्मकै उच्च संख्या हो।

प्रवक्ता गौतमका अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ छ ।

शुक्रबार निको हुनेहरुको संख्या ९ सय ७२ छन् भने हालसम्म निको हुने ३६ हजार ६ सय ७२ जना पुगेका छन् । यो कुल संक्रमितको ७१ प्रतिशत हो ।

यसैगरी, गएको २४ घण्टामा १० हजार ७ सय १ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै नेपालमा ८ लाख २१ हजार १ सय ८६ पीसीआर परीक्षण भएको छ । त्यस्तै ६ हजार ७८ जना क्वारेन्टिनमा बसेका छन् ।