
पोखरा, २८ पुस । एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले अध्यक्षका प्रत्यासि दामोदर बैरागीलाई ४९ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन । आज बिहान सकिएको मत परिणाम अनुसार गुरुङले ४५६ मत प्राप्त गरे भने बैरागीले ४०७ मत प्राप्त गरे ।
अधिवेशनमा सर्वसम्मतिले नेतृत्व चयन गर्न नसकेपछि मतदान भएको हो । चुनावी प्रक्रियामा जाँदा नेताहरु दुई प्यानलमा देखिए । अध्यक्षमा विजयी भएका गुरुङ नेता पृथ्वीसुव्वा गुरुङ र बैरागी खगराज अधिकारी प्यानलका हुन ।
उपाध्यक्षमा गुरुङ प्यानलबाटै तेजनारायण अधिकारी विजयी भएका छन् । उनले प्रत्यासि प्रभा कोईरालालाई ८ मत अन्तरले पराजित गरेका छन् । अधिकारीले ४२१ मत ल्याए भने कोईरालाले ४१३ मत प्राप्त गरिन ।
सचिवमा अधिकारी प्यानलका बैनबहादुर क्षेत्री विजयी भएका छन् । उनले ४७५ मत पाए भने प्रत्यासि विष्णु केसीले ३६४ मत ल्याए । यस्तै उपसचिवमा दर्शन लामा र नवराज ओझा विजयी भएका छन् । लामाले ५४० र ओझाले ४४३ मत पाए । दुवैजना अधिकारी प्यानलका हुन ।
एमाले कास्कीको अधिवेशनका लागि ९१९ जना प्रतिनिधि रहेकोमा ८१५ जनाले मतदान गरेका निर्वाचन समितिका संयोजक सुरेन्द्र थापामगरले बताए ।
सदस्यहरुको स्थगित मतगणना पूर्वान्ह ११ वजेदेखि हुने बताईएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



