
काठमाडौं, २८ पुस । तीन कम्पनीले पुँजी वृद्धि गर्न हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । समृद्धि फाइनान्स कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर जारी गर्न लागेका हुन् ।
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले माघ ७ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर जारी गर्ने जनाएको छ । अहिले बैंकको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ ।
बैंकले हकप्रद निष्कासनका लागि सोमबार २६ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । सिभिल क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको बैंकले हकप्रदमा सिभिल क्यापिटल तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिने जनाएको छ ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले पनि कम्पनीको पुँजी वृद्धि गर्न ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद जारी गर्ने मिति भने तय गरेको छैन । तर, गत पुस ११ गते नै बुक क्लोज गरिसकेको छ ।
समृद्धि फाइनान्सले २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो । हकप्रद निष्कासनपश्चात कम्पनीको चुक्ता पुँजी ८१ करोड ८९ लाख ११ हजार ५ सय रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
छ्याङ्दी हाइड्रोपावर लिमिटेडले पनि आउँदो माघ ११ गतेदेखि हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाइड्रोपावरले एक सय रुपैयाँ अंकित दरका ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर बिक्री गर्ने जनाएको छ । कम्पनीको हाल चुक्ता पुँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ पुग्नेछ । गत बुधबार नै कम्पनीले बुक क्लोज गर्ने निर्णय गरिसकेको छ । कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



