बंगलादेश बैंकको सेयर चौधरी ग्रुपलाई नबेच्न अदालतको आदेश

-



     सफल आवाज    
     पौष २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ पुस । काठमाडौं जिल्ला अदालतले नेपाल बंगलादेश बैंकको ४१ प्रतिशत संस्थापक सेयर चौधरी ग्रुपलाई नबेच्न आदेश दिएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले बंगलादेश बैंकमा आइएफआइसी बैंकको स्वामित्वमा रहेको ४१ प्रतिशत संस्थापक सेयर चौधरी ग्रुपलाई विक्री गर्ने प्रक्रिया रोक्न आदेश दिएको हो ।

सनराइज बैंकका अध्यक्षसमेत रहेका व्यवसायी मोतीलाल दुगडले बंगलादेश बैंकले आफूलाई बेच्ने सहमति गरेर पनि पुन चौधरी ग्रुपलाई सेयर बेच्न लागेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । दुगडले दायर गरेको मुद्दामा सेयर बिक्री गर्ने कार्य नगर्नु/नगराउनु भन्ने अदालतको आदेशमा छ ।

आइएफआइसीको स्वामित्वमा रहेको ४१ प्रतिशत सेयर खरिद गर्न चौधरी ग्रुपले विनोद चोधरीकी श्रीमती सारिका चौधरीको नाममा सेयर खरिद गर्ने सम्झौता गरेको थियो ।