
पोखरा, २६ भदौ । तनहुँको शुक्लागण्डकी–३, हटियामा यात्रुबाहक जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
दुलेगौंडादेखि ब्यागनतर्फ जाँदै गरेको ग१ज ६०१९ नम्बरको जिप शुक्लागण्डकी–३ हटियामा शुक्रबार दिउँसो ३ बजेतिर दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यलय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक जगदीश रेग्मीले दुर्घटनामा बालबालिकासहित १७ जना घाइते भएको जानकारी दिए ।
घाइते सबैको दुलेगौँडास्थित तनहुँ सेवा हस्पिटलमा उपचार भइरहेको छ । उनीहरुको अवस्था भने सामान्य छ ।
जिपको पिकअप टुटेर सडमै पल्टिएकाले ठूलो मानवीय क्षति टरेको हो ।
घाइतेको उद्धारका लागि इलाका प्रहरी कार्यालय बेलचौताराको प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीद्वारा उपलब्ध घाइतेहरुको नामावली:







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



