
काठमाडौं, २९ पुस । इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको सत्ताइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजारमा सम्पन्न साधारण सभामा गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशीराज पाण्डेले समिक्षा वर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप ६ अर्ब २४ करोड रुपैयाँ र कर्जा सापट ४ अर्ब ५८ करोड रुपैयाँ पुगेको तथा सम्पूर्ण कारोबार पछिको कम्पनीको खुद मुनाफा (बोनस तथा कर व्यवस्थापछि) ११ करोड ४५ लाख रुपैयाँ भएको जानकारी साधारणासभालाई गराएका थिए ।
साधारणसभामा अनुमोदनको लागि पेश गरिएको हाल कायम रहेको च’क्ता पुँजीको ११ प्रतिशत लाभांश वितरण (बोनस सेयर ७.७० प्रतिशत तथा नगद लाभांश ३.३० प्रतिशतसम्बन्धि प्रस्तावलाई सत्ताइसौं वार्षिक साधारणसभाबाट अनुमोदन गरियो । अनुमोदनपश्चात् कम्पनीको जारी तथा चुक्ता पुँजी ९५ करोड ८६ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।
प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अध्यक्षले विषम परिस्थितिको बावजुद पनि कम्पनीको व्यवसायीक कारोवार बृद्धि हुनुमा आफ्ना ग्राहकहरुसँगको निरन्तर सम्पर्कलगायत कर्जाको किस्ता तथा व्याज असुलीतर्फ प्रभावकारी अनुगमन मुख्य रहेको बताए । कम्पनीले २०७८ आषाढ मसान्तसम्म आफ्ना १३ वटा कार्यालयहरुबाट नेपाल राष्ट्र बैंकको निर्देशन परिधिभित्र रही व्यवसायिक कार्य गर्दै नियामक निकायहरुको निर्देशनहरु प”र्०ा रुपमा पालना गरिएको जानकारीसमेत सभालाई गराएका थिए ।
छलफलको क्रममा सेयरधनीहरुबाट उठाइएका विभिन्न प्रश्न तथा जिज्ञासाहरुको उत्तर अध्यक्षको अनुमतिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले दिएपश्चात् साधारणसभाबाट वित्तीय विवरणलगायत सभामा छलफलका लागि पेश गरिएका साधारण तथा विशेष प्रस्तावहरु सर्वसम्मतबाट पारित भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत लिलामणि न्यौपानेले जानकारी दिए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



