
इलाम, २७ भदौ । राष्ट्रिय चिया नीतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको छ । चिया नीतिमा राम्रा विषयवस्तु समेटिए पनि कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको हो । वि.सं २०५७ सालमा आएको राष्ट्रिय चिया नीतिमा किसान तथा व्यवसायमुखी काम गर्ने र छोटो समयमै चियालाई अन्र्तराष्ट्रिय मापदण्डमा पु¥याउने लगायतका बुँदाहरू समेटिका छन ।
नीतिमा लेखिएका चारवटा लक्ष्यमध्ये हालसम्म कुनै बुँदा कार्यान्वयन आएका छैनन । नीतिको पहिलो लक्ष्यमा ‘चिया खेतीले ढाकेको क्षेत्रफल आगामी पाँच वर्षमा ४० हजार ८७५ हेक्टर पु¥याउने भनिएको छ । तर यही लक्ष्य बीस बर्षपछि पनि पूरा भएको छैन । चिया तथा कफी विकास बोर्डको तथ्याङ्क हेर्दा हालसम्ममा २८ हजार ७३२ हेक्टरमा मात्र चिया खेती भएको देखिन्छ । पाँच वर्षमा कार्यान्वयन हुनुपर्ने नीति कार्यान्वयन नभएको देखिन्छ ।
यस्तै, कूल चियाको उत्पादन आगामी १० वर्षमा चार करोड ६१ लाख ११ हजार किलो पु¥याउने लक्ष्य लिएको नीतिले हालसम्म दुई करोड ५२ लाख पाँच हजार ८५८ किलो मात्र चिया उत्पादन भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कमा उल्लेख छ । दश वर्षमा कार्यान्वयन हुने लक्ष्य पूरा हुन अझै दुई करोड किलो बढी चिया उत्पादन हुन आवश्यक छ ।
सरकारले चिया नीति जारी गरेपनि कार्यान्वयनमा चासो नदिँदा समस्या आएको उद्योगी व्यवसायीको भनाई छ । हिमालय अर्थोडक्स टी प्रोडक्ट्र्स एसोसिएशनका सञ्चालक उदय चापागाईंले चिया नीति शत प्रतिशत कार्यान्वयनमा नआएको बताए । चिया नीतिका बारेमा सरकारले कहिलै पनि चासो नदिएकाले चिया उद्यमीसमेत पलायन हुनु परेको व्यवसायीको बुझाइ छ । सरकार, चिया तथा कफी विकास बोर्डलगायत चियासँग सम्बन्धित संस्थाहरूले समेत चियाका बारेमा चासो नदिँदा यो अवस्था आएको सञ्चालक चापागाईको भनाइ छ ।
सरकारी निकायमा बसेका व्यक्तिहरू चिया नीतिलाई संशोधन नै गर्न चाहँदैनन । किनकि उनीहरूको यो चिया नीतिबाट फाइदै फाइदा छ, केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले भने, चिया क्षेत्रमा सक्षम व्यक्तिको अभाव भएकाले पनि चियाका बारेमा चासो नदिएको हो ।
चियाका बारेमा पटक पटक दवाब दिँदासमेत सुनुवाइ नभएको उनको गुनासो छ । व्यवस्थित कार्ययोजना छैन । बनाएर मात्रै आफै कार्यान्वयन हुने कुरा आएन, उनले भने, चिया नीतिमा शुरुको पाँच वर्षको अवधिमा थप ७९ हजार ३१० जना नेपालीलाई रोजगारीका अवसरहरु उपलब्ध गराउने भनिएको राष्ट्रिय समाचार समितिले लेखेको छ । तर, चिया तथा कफी विकास वोर्डमा भने कति नेपालीले रोजगारी पाए भन्ने खुलाइएको छैन । यता, उद्योगीले भने यो लक्ष्य समेत कागजमै सीमित भएको आरोप गुनासो गरेका छन ।
यस्तै, अर्थोडक्स चिया कूल उत्पादनको ६५ प्रतिशतसम्म पु¥याउने लक्ष्य नीति लिएको छ । तर हालसम्म पनि अर्थोडक्स चियाको उत्पादन कूल उत्पादनको २४ दशमलब १९ प्रतिशतमा सीमित रहेको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



