
स्याङजा,१ माघ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको पाँचौ बार्षिक साधारण सभा शुक्रबार वालिङ स्याङजामा सम्पन भएको छ । सभामा संचालक समितिको तर्फवाट अध्यक्ष नरेश केसीद्धारा प्रस्तुत आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरियो ।
सभाले लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७-७८ को वासलत , नाफा नोक्सानको हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गरिएको प्रमुख कार्यकारी अधिकृत डोलराज के.सीले बताए ।
सभाले राष्ट्र वैंकको स्वीकृत बमोजिम २० प्रतिशत बोनस शेयर स्वीकृत गरेको वताईएको छ । सभावाट संस्थापक समुहको प्रतिनिधित्व गर्दै नरेश के.सी सहित श्यामविक्रम खाँड र सावित्रा दवाडी पौडेल निर्वाचित भएको कम्पनी सचिव वावुराम कुँवरले वताएका छन् । सभापछिको वैठकले पुनः नरेश के.सी लाई अध्यक्षमा चयन गरेको जनाइएकाे छ ।
साधारण सभाको उद्धघाटन संचालक समितिका अध्यक्ष नरेश के सीले गरेका थिए । स्वागत मन्तव्य संचालक दिपेन थापाले गरेका थिए भने धन्यवाद ज्ञापन संचालक केहर सिंह के.सीले गरेका थिए । कार्यक्रमकाे संचालन कम्पनी सचिव वावुराम कुँवरले गरेका थिए।
संस्थाले हाल ११ जिल्लामा १९ कार्यालय मार्फत २ प्रदेशमा सेवा संचालन गर्दै आएको र हालै वाग्लुङमा केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्थासंग गरेको मर्जर प्रकृया तोडिएको प्रमुख कार्यकारी अधिकृत डोलराज के.सीले वताएका छन ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



