
काठमाडौं, २ पुस । एनआईसी एसिया बैंक लिमिटेडले चार कम्पनीको संस्थापक समूहको सेयर बिक्री खुला गरेको छ । आइतबार बैंकले सेयर लिलाम बढाबढ गरी आफ्नो स्वामित्वमा रहेको ४ वटा कम्पनीको संस्थापक समूहको सेयर (माघ २–७ गते) सम्मका लागि बिक्री खुला गरेको हो ।
बैंकले मेरो माइक्रोफाइनान्सको ८३ हजार ८२९ कित्ता बिक्री गर्न लागेको हो । जसको मूल्य प्रतिकित्ता ४८४ रुपैयाँ कायम गरेको छ । त्यस्तै आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको तीन लाख ६५ कित्ता बिक्री गर्न लागेको हो । सो लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ४९४ रुपैयाँ कायम गरेको छ ।
बैंकले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ हजार २५४ कित्ता सेयर पनि बिक्री गर्न लागेको छ । महुलीको सेयर मूल्य भने मेरो माइक्रोफाइनान्स र आरएमडीसीको भन्दा बढी तोकिएको छ । जसको सेयरमूल्य प्रतिकित्ता ६४० रूपैयाँ मूल्य तोकिएको बैंकले जनाएको छ ।
एनआइसी एसिया बैंकले नागरिक लगानी कोषमा रहेको तीन लाख ८१ हजार ९०२ कित्ता सेयर पनि बेच्न लागेको छ । नागरिक लगानी कोषको प्रतिकित्ता एक हजार १८३ रुपैयाँ कायम हुने गरी सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।
बेंकका अनुसार मेरो माइक्रोफाइनान्स र आरएमडीसी लघुवित्तको सेयरमा न्युनतम एक हजार कित्ता सेयर खरिद गर्नुपर्नेछ । त्यस्तै महुली लघुवित्तको सेयरमा न्युनतम ५ सय र नागरिक लगानी कोषको सेयरमा न्युनतम एक सय कित्ता खरिद गर्नुपर्ने बैंकले जनाएको छ ।
बैंकको संस्थापक सेयर बिक्री प्रबन्धकमा रहेको एनआइसी एसिया क्यापिटल लिमिटेडका अनुसार मेरो माइक्रोफाइनान्स, महुली लघुवित्त र आरएमडीसी लघुवित्तको सेयर खरिद गर्न क्यापिटलको बबरमहल काठमाडौं शाखामा आवेदन दिन सक्नेछन् भने नागरिक लगानी कोषको सेयरमा एनआईसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली, शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



