पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता रद्द गर्न सिफारिस

-



     सफल आवाज    
     माघ ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ माघ । पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता रद्द गर्न सिफारिस गरेको छ ।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरको निर्देशनमा गठित छानविन समितिले बतास समूहले धर्मशाला भाडामा लिएर महंगोमा होटल चलाएको भन्दै सम्झौता रद्द गर्न सिफारिस गरेको हो ।

छानविन समितिका संयोजक तथा कोषका कोषाध्यक्ष नारायण सुवेदीले आज मन्त्रालयका आयोजित पत्रकार सम्मेलनमार्फत् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनन मन्त्रालयका सचिव तथा परिषदका सदस्य महेश्वर न्यौपानेलाई उक्त प्रतिवेदन बुझाएका छन् ।