नेपाल बंगलालादेश बैंकको कामु सीईओमा भूपेन्द्र पाण्डे नियुक्त

-



     सफल आवाज    
     माघ ४ गते २०७८ मा प्रकाशित



काठमाडौं । नेपाल बंगलालादेश बैंकको कामु सीईओमा भूपेन्द्र पाण्डे नियुक्त भएका छन् । मंगलबार सञ्चालक समितिले पाण्डेलाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

बैंकिङ क्षेत्रमा दुई दशक लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सीईओको रुपमा काम गरिसकेका छन् । पाण्डेले वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् ।

गत पुसमा उनी बैंकको सिनियर डेपुटी सीईओमा नियुक्त भएका थिए । बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाको कार्यकाल सकिएपछि उनी कामु सीईओ बनेका हुन् ।