सिन्धुपाल्चोकमा फेरी पहिरोः १२ जना बेपत्ता, सभामुख घटनास्थल जाँदै

-



     सफल आवाज    
     भाद्र २८ गते २०७७ मा प्रकाशित


केहि दिन पहिले सिन्धुपाल्चोकमा गएको पहिरो


सिन्धुपाल्चोक, २८ भदौ । लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ ।

नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए। “ठूलै मानवीय क्षति भएको हुनसक्ने खबर सुनेर घटनास्थलतर्फ जाँदैछु”, शेर्पाले भने। मेयर शेर्पाले भने कम्तिमा १२ जना मानिस बेपत्ता भएको बताए ।

इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिए । नागपुजेमा कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ ।

पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेका छन् । मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ ।