
काठमाडौं, २८ भदौ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ को तीन ठाउँमा खसेको पहिरोमा पुरिएकाहरु मध्ये ५ जनाको शव फेला पारिएको छ । मृत्यु हनेमा भिरखर्कका तीनजना र नागपूजेका दुईजना रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले बताएको छ ।
नागपुजेकी भक्तिमाया श्रेष्ठ, भिरखर्क विक टोलकी जुनुमाया विक र नेवार टोलकी सर्किनी नेवारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले बताएका छन् । दुई जनाको नाम खुलेको छैन । पहिरोमा परेका २८ जना अझैं बेपत्ता छन् ।
बच्छला माविका शिक्षक बजिरसिंह भण्डारीले दिएको जानकारी अनुसार घुम्साङको माथिबाट खसेको पहिरोले भिरखर्कका २० वटा घरलाई क्षती पुर्याएको छ । सोहि पहिरोले नागपूजे गाउँका ८ वटा घर पुरेको उनले बताएका छन् ।
अविरल वर्षाको कारण गएराति बाह्रबिसे नगरपालिका–७ मा घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा रहेका घरहरु पुरेको बताईएको छ । डिएसपी सापकोटाले ११ वटा घरमा क्षति पुगेको विवरण आएको बताएका छन् । उद्धार तथा खोज तलासका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली खटिएका छन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



