६ महिनामा १७७ किमी सडक कालोपत्रे भयो : प्रधानमन्त्री देउवा

-



     सफल आवाज    
     माघ ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले ६ महिनामा सरकारले १७७ किलोमिटर सडक कालोपत्रे गरेको बताएका छन् ।

शुक्रबार सरकार गठन भएको ६ महिना पुगेपछि देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो सरकार बनेपछि १७७ किलोमिटर सडक कालोपत्रे भएको बताएका हुन् ।

आफ्नो सरकार गठन भएपछि गरेका कामहरुको विवरण प्रस्तुत गर्दै उनले भने, ‘संघको कार्यक्षेत्र अन्तर्गत मुलुकभर १७७ किमी सडक कालोपत्रे भएको र २३ सडक पुल निर्माण भइ सञ्चालनमा आएका छन् ।’ उनले ८२ झोलुंगे पुल निर्माणसमेत भएको बताए ।

उनले निर्माणाधीन विमानस्थलको निर्माण कार्यसमेत अन्तिम चरणमा पुगेको बताए । ‘भैरहवा र पोखरा विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘ अब यो वर्षभित्रै मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने कामसमेत भइरहेको छ ।’