सिभिल बैंकको नाफा ५० करोड ४० लाख, ५७.०३ प्रतिशतले बढ्यो ब्याज आम्दानी

-



     सफल आवाज    
     माघ ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ माघ । सिभिल बैंक लिमिटेडको खुद मुनाफा १५० प्रतिशतले बढेको छ । बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार १४८.४२ प्रतिशतले नाफा वृद्धि भएर ५० करोड ४० लाख रुपैयाँ पुगेको हो ।

गत आर्थिक वर्षको तुलनामा बैंंकको खुद मुनाफा ३० करोड १२ लाख रुपैयाँले बढेको हो । गत आवको सोही अवधीमा बैंकको खुद मुनाफा २० करोड २८ लाख रुपैयाँ थियो । बैंकको वितरण योग्य मुनाफा पनि ६९ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप ३.४६ प्रतिशतले बढेर ९१ अर्ब ६९ करोड पुगेको छ भने बैंकको खुद ब्याज आम्दानी गत आवको भन्दा ५७ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको तुलनामा ५७.०३ प्रतिशतले बढेर १ अर्ब ४६ करोड रुपैयाँ खुद ब्याज आम्दानी पुगेको हो । भने सञ्चालन मुनाफा पनि १७१.४६ प्रतिशतले बढेर २६ करोड ९७ लाखबाट ७३ करोड २२ लाख पुगेको छ ।