भारतमा एकै दिन ३ लाखभन्दा बढी संक्रमित थपिए

-



     सफल आवाज    
     माघ १० गते २०७८ मा प्रकाशित



नयाँ दिल्ली, १० माघ । भारतमा पछिल्लो एक दिनमा ३ लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित थपिएका छन् । सोमबार विहान सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार ६४ जना नयाँ संक्रमित भएका हुन् ।

अघिल्लो दिनको तुलनामा भने दैनिक संक्रमितहरुको संख्या घटेको देखिएको छ । अघिल्लो दिनभन्दा २७ हजार ४६९ कम हो । त्यसैगरी दैनिक परीक्षण पनि घटेको छ । अघिल्लो दिन १८ लाख ७५ हजार ५३३ जनाको परीक्षण गरिएकोमा पछिल्लो २४ घण्टामा १४ लाख ७४ हजार ७५३ जनाको परीक्षण गरिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अधिकारीहरुका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या २२ लाख ४९ हजार ३३५ रहेको छ । भारतमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण भारतमा अहिलेसम्म मृत्यु भएकाहरुको संख्या चार लाख ८९ हजार ८४८ रहेको छ ।