थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै ४ हजार ६७६ संक्रमित थपिए

-



     सफल आवाज    
     माघ १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० माघ । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गर्दा १० हजार ३१९ जनामा संक्रमण देखिएको हो । जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २६५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाले ज्यान गुमाएका छन् भने २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । अहिले देशभर संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्रै गएको २४ घण्टामा ४ हजार ६७६ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा कोरोना संक्रमण देखिएको हो ।