धनुषामा झडप, झडपमा २ दर्जनभन्दा बढी व्यक्ति घाइते

-



     सफल आवाज    
     भाद्र २८ गते २०७७ मा प्रकाशित



जनकपुर, २८ भदौ । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ७ स्थित नवटोली टोलमा झडप भएको छ । झडपमा कम्तीमा २ दर्जनभन्दा बढी व्यक्ति घाइते छन् ।

झडपमा विनय कुमार यादव, राकेश यादव, कृष्णा यादव, सरोज यादव, संजय साफी, मकेश यादव, निभा ठाकुर, जुमैदा खातुन, मैमुन खातुन, मोबारक नदाफ, गुलाम नदाफ, तस्लिम नदाफ, हसिना खातुन, हस्मत खातुन, मुमताज नदाफ, जमाहिर नदाफ, समसुद्दिन नदाफ लगायतका घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहको छ ।

नवटोलीमा रहेको दुधहा पोखरीको छेवैमा रहेको नवनेश्वरनाथ महादेव मन्दिर शिलान्यास स्थलमा मुस्लिम समुदायले फोहोर फ्यालेको विषयलाई लिएर विवाद भएको हो ।