नेप्से परिसूचक ५.९२ अंकले घट्यो, ५ अर्ब ३९ करोडको सेयर किनबेच

-



     सफल आवाज    
     माघ ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ माघ । साताको तेस्रो दिन (मंगलबार) नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ ।

आज सेयर कारोबार परिसूचक नेप्से ५.९२ अंकले घटेर २ हजार ८१४.७४ अंकमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा मंगलबार ३ अर्ब भन्दा धेरै रुपैयाँले घटेको हो । ९७ लाख ८४ हजार ६५१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँमा रोकियो ।

आज सबैभन्दा धेरै बढ्नेमा विन नेपाल लघुवित्त वित्तीय संस्था देखिएको छ । यस संस्थाको सेयरमूल्य मंगलबार १० प्रतिशतले बढेर १ हजार १०६ रुपैयाँमा पुगेको हो । बुद्धभूमि हाइड्रोपावर र पोखरा फाइनान्स कम्पनीको सेयर कारोबारमा पनि आज सर्किट लागेको छ ।