
भेन्टियान, १२ माघ । चीनकाे सहयोग गरेको कोभिड–१९ खोपको आठौं समूह लाओस पुगेको र अधिकारीहरूलाई हस्तान्तरण गरिएको छ । लाओसका लागि चिनियाँ राजदूत जियाङ जाइदोङले लाओसका प्रधानमन्त्री फान्खाम विपभान्हलाई १५ लाख डोज खोप हस्तान्तरण गर्दै लाओसमा महामारीविरुद्धको काममा सकारात्मक प्रगति भएको बताए।
खोपहरुको कारण कोभिड १९ संक्रमण उल्लेखनीय रूपमा कम भएको उनले बताए । लाओसमा कोभिड–१९ को प्रकोप भएदेखि चीनले लाओसलाई कोभिड–१९ विरुद्धको खोपको ८९ लाख खोप डोज उपलब्ध गराएको फान्खामले बताए। यसबाट गहिरो मित्रता र बहुमूल्य सहयोगलाई पूर्ण रूपमा झल्काउँने पनि उनले बताए।
लाओसले चीनको सहयोगमा २०२१ मा आफ्नो खोप लक्ष्य पूरा गरेको छ । सन् २०२२ मा आफ्नो देशको ८० प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्य रहेको फान्खामले बताए। लाओस पार्टी, सरकार र जनताको तर्फबाट आफ्नो भावना व्यक्त गर्दै हृदयदेखि चीनलाई धन्यवाद दिन चाहाएको फान्खामले बताए।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




