बुधबार ३८ अंकले घट्यो नेप्से, २ कम्पनीको कारोबारमा सर्किट

-



     सफल आवाज    
     माघ १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ माघ । साताको चौथो दिन बुधबार सेयर बजार १.३७ प्रतिशतले घटेको छ । आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ३८.४५ अंकले घटेर २ हजार ७७६.६१ अंकमा झरेको हो ।

नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ । बुधबार २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता सेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँमा किनबेच भएको छ ।

आज २ कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ .