
पोखरा, २८ भदौ । गण्डकी प्रदेशका थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विज्ञप्ति जारी गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौंको अद्यावधिक विवरण उद्घृत गर्दै कास्की, तनहुँ र गोरखाका ३ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो । मृत्यु हुनेमा २ पुरुष र १ महिला छन् ।
कास्कीको मादी गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडाैं नयाँबजार बस्ने ५१ वर्षीय पुरुषको सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा उपचारक्रममा भदौ २६ मा निधन भएको छ । ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या पछि भदौ २३ मा नमुना संकलन भएकोमा भोलिपल्ट कोरोना पुष्टि भएको थियो । उनी २४ मै अस्पताल भर्ना भएका थिए । उनी क्यान्सर, हाइपोथाइराडिजमका बिरामी थिए ।
यस्तै, तनहुँको आँवुखैरेनी–४ निवासी ७६ वर्षीया महिलाको भदौ २४ गते मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र, शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको छ । मुटुसम्बन्धी समस्याबाट पीडित उनी भदौ २० मा अस्पताल भर्ना भएकीमा भदौ २३ मा कोरोना पुष्टि भएको थियो ।
उता, गोरखाको भीमसेन थापा–३ का ४५ वर्षीय पुरुषको भदौ २७ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा निधन भएको छ । भदौ २३ मा कोरोना संक्रमण पुष्टि भएको उनमा मिर्गौलासम्बन्धी समस्या थियो ।
प्रदेशमा कुल संक्रमित संख्या २ हजार ९ सय ७१ पुगेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



