चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा राष्ट्रपति सीको शाङ्सीको भ्रमण

-



     सफल आवाज    
     माघ १३ गते २०७८ मा प्रकाशित



एयुवान, १३ माघ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले वसन्त चाड वा चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा उत्तरी चीनको शान्सी प्रान्तको भ्रमण शुरु गरेका छन् ।

लगातार १० वर्षसम्म पार्टीको शीर्ष नेताको रूपमा सीले चिनियाँ पात्रोको सबैभन्दा महत्त्वपूर्ण बिदा र वसन्त चाडको पूर्वसन्ध्यामा प्राथमिक तहका मानिसहरू, विशेष गरी पिछडिएका समूहहरूलाई भेट्ने अभ्यास शुरु गरेका हुन् ।