
पोखरा, २८ भदौ । विश्वशान्ति स्तूप अनदू , मिनथुम्की, पोखराको ११ औ बार्षिक साधारणसभा तथा ५ औ अधिवेशन आज सम्पन्न भएकाे छ । कोरोना कहरको विचमा भौतिक दूरी कायम गरि अधिवेशन सम्पन्न भएकाे हाे ।
शंकर गुरूङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम निवर्तमान अध्यक्ष एवं निर्वाचन संयोजक प्रकाशमान गुभाजूले घेरूवामा दिप प्रज्वलन गरि उदघाटन गरेका थिए । कार्यक्रममा उपाध्यक्ष उत्तममान बुध्दाचार्यले स्वागत, सचिव अशोक गुरूङले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष अशोकमान बुध्दाचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा धर्मशीला बुध्द विहार दायक सभाका अध्यक्ष गोविन्दबहादुर ताम्राकारले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
विश्व शान्ति स्तूप समिति पोखराको ११औं बार्षिक साधारण सभा तथा ५औं अधिवेशनको दोस्रो सत्रले विधानअनुरूप सर्वसम्मत एक अध्यक्ष र १० सदस्य निर्वाचित गरेको छ । अध्यक्षबाट दुईजना सदस्य मनोनीत गरि १३ जनाको कार्यकारिणी समिति समेत गठन गरेको छ । उत्तममान बुध्दाचार्यको अध्यक्षतामा तत्काल बसेको बैठकले आपसी सल्लाह सुझावमा पद विभाजन गरेकाे थियाे ।
समितिकाे उपाध्यक्षमा अशोक गुरूङ, सचिवमा प्रकाशमान उदास, कोषाध्यक्ष अशोकमान बुध्दाचार्य, सहसचिव चमबहादुर गुरूङ र सहकोषाध्यक्ष अनिलरत्न बुध्दाचार्य ( मनोनीत ) र पदाधिकारीहरूको चयन गरिएकाे छ ।
सदस्यहरूमा खेमराज पौडेल, कृष्णमान गुभाजू, गोविन्द बहादुर ताम्राकार, मनबहादुर गुरूङ ( मनोनीत ), दुर्गा बहादुर गुरूङ, राजकुमारी गुरूङ र जमुना गुरूङ रहेका छन । प्रकाशमान गुभाजू निर्वाचन संयोजक रहेकाे निर्वाचन समितिमा सदस्यहरू क्या. भुवन सिं गुरूङ र सूबेदार यम बहादुर गुरूङ रहेका थिए ।
निर्वाचन संयोजक प्रकाशमान गुभाजूले नयाँ कार्य समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई खादा लगाएर शुभकामना ब्यक्त गरेका थिए । दोस्रो सत्रको कार्यक्रममा निवर्तमान अध्यक्ष शंकर गुरूङले नयाँ कार्यसमितिलाई शुभकामना र सुझाव दिएका थिए ।
अध्यक्ष बुध्दाचार्यले स्तूपा विकासको लागी आफ्नो प्रतिबध्दता जनाउँदै श्रध्देय फूजी गुरूजी, श्रध्देय अनगारिका धर्मशीला, पूर्व मन्त्री मीनबहादुर गुरूङ लगायत दिवंगत सहयोगीहरूको निर्वाण लाभको कामना गर्दै उपस्थित सम्पूर्णलाई धन्यवाद ब्यक्त गरेका थिए ।
तत्कालीन २०३० भाद्र २७ गते पूर्णिमाको दिन निप्पोनजान म्योहोजी जापानका संस्थापक श्रध्देय फूजी गुरूजी, श्रध्देय अनगारिका गुरूमा धर्मशीला र पूर्व मन्त्री मीन बहादुर गुरूङबाट विश्व शान्ति स्तूपको शिलान्यास भएकाे थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



