प्रतिनिधिसभाको बैठक २६ गते बस्ने

-



     सफल आवाज    
     माघ १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ माघ । माघ १६ गते आइतबारका लागि पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक माघ २६ गते बुधवार दिनको १ बजे बस्ने गरी सारिएको छ ।

मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम यथावत रहेको जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले बैठक माघ २६ गतेका लागि तोकेकाे संसद सचिवालयका महासचिव भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।