
काठमाडौं, १६ माघ । साधना लघुवित्त वित्तीय संस्थाले गएको वर्षकोभन्दा चालु आर्थिक वर्षमा नाफामा बृद्धि भएको जनाएको छ । संस्थाको सार्वजनिक भएको यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गएको वर्ष संस्थाले सोहि अवधिमा कमाएकोभन्दा यसपटक ११५.११ प्रतिशत बढी नाफा आर्जन गरेको छ ।
यस आर्थिक वर्षको पहिलो ६ महिनामा लघ्वित्तको खुद नाफा ७ करोड ५७ लाख रहेको छ । गएको वर्ष सोहि अवधिमा संस्थाले ३ करोड ५० लाख रुपैयाँ खुद आम्दानी आर्जन गरेको थियो ।
लघुवित्तको निष्कृय कर्जा घटेको छ । खुद ब्याज आम्दानीमा बृद्धि भएको छ भने खुद नाफामा बृद्धि भएको छ । खुद ब्याज आम्दानी ६१.४६ प्रतिशत रहेको छ । संचालन नाफा १०९. प्रतिशत बढेको छ । निष्कृय कर्जा ३.५२ प्रतिशतबाट घटेर १.२८ प्रतिशत भएको छ ।
संस्थाले जोखिम व्यवस्थापनको लागि १ करोड ४० लाख छुट्याएको छ । अघिल्लो वर्षमा यो २६ करोड ११ लाख रहेको थियो । पुस महिनाको अन्तिम सम्ममा लघुवित्तले १ करोड ६१ ला रुपैयाँ खराब कर्जा उठाएको छ ।
लघुवित्तको चुक्ता पूँजी ४७.५० प्रतिशत बढेको छ । जगेडा कोषमा ४७.३२ प्रतिशतले बढेको छ भने सापटीमा ५४.६१ प्रतिशत, निक्षेपमा ८७.७३ प्रतिशत र कर्जातर्फ ८७.३४ प्रतिशतले बढेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



