प्रोगेशिभ फाइनान्सको नाफा १०.९१ प्रतिशतले घट्यो, खुद ब्याज आम्दानी ६ करोड ३६ लाख

-



     सफल आवाज    
     माघ १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ माघ । प्रोगेशिभ फाइनान्स लिमिटेडको नाफा १०.९१ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १०.९१ प्रतिशत घटेर २ करोड ४१ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको हो । फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिमा २ करोड ७१ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा फाइनान्सको खुद ब्याज आम्दानी ४५ प्रतिशत बढेर ६ करोड ३६ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा फाइनान्सले ३ करोड ४४ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

सञ्चालन मुनाफा पनि ८० प्रतिशत बढेर २ करोड ५५ लाख १० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले ५० लाख ३ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा ३ करोड ५८ लाख ८० हजार रुपैयाँ रहेको छ ।