आँधीखोला लघुवित्तको नाफा ३६.६८ प्रतिशतले बढ्यो, निक्षेप संकलन ४२ करोड २८ लाख

-



     सफल आवाज    
     माघ १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ माघ । आँधीखोला लघुवित्त वित्तीय संस्थाको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक परिस्कृत वित्तीय विवरण सार्वजनिक भएको छ । विवरणअनुसार आँधीखोला लघुवित्तको खुद नाफा ३६.६८ प्रतिशतले बढेर २ करोड ४६ लाख पुगेको हो ।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्तको खुद नाफा १ करोड ८० लाख १८ हजार रहेकोमा चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा बढेर २ करोड ४६ लाख २८ हजार कायम भएको छ । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ३ करोड ९९ लाख ४७ हजार रहेको छ । गत आर्थिक वर्षको सोही अवधीमा संस्थाको खुद ब्याज आम्दानी ३ करोड ४६ लाख ९२ हजार रुपैयाँ कायम थियो ।

चालू आवको पहिलो ६ महिनामा कम्पनीको सञ्चालन मुनाफा भने घटेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा २ करोड २६ लाख ९२ हजार रुपैयाँ रहेकोमा चालू आवको सोही अवधीमा सञ्चालन मुनाफा २ करोड १४ लाख ३६ हजार रुपैयाँ रहेको छ ।

विवरणअनुसार कम्पनीको निक्षेप संकलन ४२ करोड २८ लाख ७१ हजार पुगेको छ । गत आवको सोही अवधीमा कम्पनीले ३३ करोड ६ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो ।