मंगलबार स्वावलम्बन लघुवित्तको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     माघ १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ माघ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयरमा आवेदन दिने मिति आज अन्तिम रहेको छ ।

नबिल बैंकको स्वामित्वमा रहेको लघुवित्तको संस्थापक सेयर १ लाख ६२ हजार ४९८ कित्ता लिलामीमा विक्री खुला गरेको थियो । यस लिलामीमा सेयरमा आवेदकले आज बैकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।

सेयर न्यूनतम मूल्य ६५० रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।