सोनाम ल्होछारमा देशभर सार्वजनिक बिदा दिने गृह मन्त्रालयको निर्णय

-



     सफल आवाज    
     माघ १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ माघ । सरकारले सोनाम ल्होछारको अवसरमा बुधबार (भोलि) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।

गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।