
काठमाडौं, १९ माघ । धौलागिरी लघुवित्त वित्तीय संस्थाको मुनाफा गत वर्षको तुलनामा १ करोड ७८ लाख ८३ हजार रुपैयाँले बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा लघुवित्तको खुद नाफा ४९३.१९ प्रतिशत बढेर २ करोड १५ लाख ९ हजार रुपैयाँ पुगेको हो ।
विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३६ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधीमा लघुवित्तले खुद ब्याज आम्दानी ३०.६० प्रतिशत बढेर ५ करोड १६ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ९५ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्तको चुक्ता पुँजी ७ करोड रुपैयाँ, जगेडा कोष ८३.५७ प्रतिशत बढेर १० करोड ५३ लाख १२ हजार रुपैयाँ, निक्षेप २८.८७ प्रतिशत बढेर ६२ करोड १४ लाख १० हजार रुपैयाँ, कर्जा ६३.६१ प्रतिशत बढेर १ अर्ब ४४ करोड ४८ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



