
काठमाडौं । नेपाल राष्ट्र बैंक ‘क’ वर्गका वाणिज्य बैंकहरुलाई ७ लाखभन्दा माथिको कारोबार गर्ने ग्राहकको विवरण मागेको छ ।
मंगलबार राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई पत्र पठाउँदै ७ लाखभन्दा बढी नगद कारोबार गर्ने ग्राहकको विवरण पठाउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागको सम्पत्ति शुद्धिकरण अनुगमन इकाईले बैंकको सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको निवारणको अवस्थाको विषयमा स्थलगत तथा गैर–स्थलगत सुपरिवेक्षण गर्न विवरण मागेको हो ।
अनुगमन गर्नकै लागि राष्ट्र बैंकले २०७८ साउन १ गतेदेखि २०७८ पुस ३० गतेसम्ममा प्रति कारोबार ७ लाख रुपैयाँ वा सोभन्दा बढी नगदमा भएका कारोबारहरुको विवरण यसै माघ २४ गतेभित्र पठाउन निर्देशन दिएको हो ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



