
हुम्ला, २१ माघ । हुम्लामा बिहानैदेखि हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण हवाईउडान समेत अवरुद्ध भएको छ । नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यन्न हिमपातका कारण बन्द भएको छ ।
हिमपातपछि सरकारी तथा गैरसरकारी कार्यालयको सेवा प्रभावित बनेको छ । यसैबीच सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण काम एक हप्ताका लागि स्थगन गरिएको छ ।
माटोले पुरिएर महिलाको मृत्य
हुम्लाको दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिका–१ प्यूसकी ३४ वर्षीया देवकी शाहीको माटोले पुरिएर मृत्यु भएको छ । माटो खन्दा उनको पुरिएर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष अङ्गबहादुर शाहीले टेलिफोनमा जानकारी दिए।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



