
काठमाडाैं, २४ माघ । जनरल इन्स्योरेन्स कम्पनीले यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आउँदा कम्पनीको खुद बीमाशुल्क १३ करोड ५० लाख कमाएको छ । गएको वर्ष सोहि अवधिमा यो ११ करोड ९७ लाख रहेको थियो ।
कम्पनीको खुद बीमाशुल्क आर्जनमा १२.७५ प्रतिशतको बृद्धि देखिएको छ । लगानी, कर्जा तथा अन्य श्रोतबाट भएको आम्दानी १ करोड ८८ लाख रहेको छ । गएको वर्ष यो आम्दानी १ करोड ३ लाख रहेको थियो ।
कम्पनीले ११७.१६ प्रतिशतबाट बढेर खुद भुक्तानी ५ करोड ९९ रुपैयाँ भएको छ । गएको वर्ष यो २ करोड ७६ लाखमा सिमित थियो ।
यस अवधिमा कम्पीनले ५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गएको वर्षकोभन्दा ५६.२० प्रतिशतले बढेको हो । गएको वर्षको कम्पनीको नाफा ३ करोड ६४ लाख रहेको थियो ।
ब्यवस्थापन खर्च १०.१७ प्रतिशतले बढेर ८ करोड ४८ लाख रहेको छ । यो अघिल्लो वर्षको सोहि अवधिमा ७ करोड ७० लाख रहेको थियो ।
कम्पनीको बीमा कोष ९९.४७ प्रतिशतले बढेर १४ करोड १२ लाख पुगेको छ । यो अघिल्लो वर्ष ७ करोड ४८ लाखमा सिमित थियो ।
कम्पनीको जगेडा कोषमा ९६.७९ प्रतित बढेर १३ करोड ३ लाख रहेको छ । गएको वर्ष यस्को आकार ६ करोड ६२ लाख रुपैयाँ रहेको थियो । प्रतिसेयर आम्दानी ११.१५ रहेको छ भने नेटवर्थ १२९.१८ रुपैयाँ रहेको वित्तीय विवरणमा जनाईएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



