
काठमाडौं, २५ माघ । समृद्धि फाइनान्सले फागुन ८ गतेबाट हकप्रद सेयर निष्कान गर्ने जनाएको छ । फाइनान्सले दुई बराबर नयाँ १ कित्ता सेयरको रेसियोमा हकप्रद सेयर निष्कान गर्न लागेको हो ।
फाइनान्सको १०० रुपैयाँ मूल्य अंकित दरमा २७ करोड २९ लाख ७० हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन हुने भएको हो । यसअनुसार सत्ताइस लाख उन्तिस हजार ७०५ कित्ता हकप्रद सेयर निष्कान हुनेछ ।
सेयर निष्काशनको प्रयोजनका लाग फाइनान्सको पुसको ११ गते बुक क्लोज भएको थियो । पुस १० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका सेयरधनीहरले हकप्रद सेयरका लागि आवेदन दिने सक्नेछन् । आवेदन दिने अवधि फागुन २९ गतेसम्म तोकिएको छ ।
फाइनान्सको चुक्ता पूँजी हाल ५४ करोड ४० लाख ९०० रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशनपछि चुक्ता पूँजी ८१ करोड ८९ लाख ११ हजार ४०० रुपैयाँ पुग्नेछ । हकप्रद सेयरको बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



