
काठमाडौं, २६ माघ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट २१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको लघुवित्तले जनाएको छ । लघुवित्तको हाल कायम चुक्ता पुँजी २८ करोड ६७ लाख ६३ हजार १४८ रुपैयाँबाट २१ प्रतिशत बोनस सेयर अर्थात् ६ करोड २ लाख २० हजार २६१ रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात र लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेर सेयरधनीहरुले प्राप्त गर्नेछन् ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



