चितवनको पाँचकिलोमा पहिरोले गाडी बगायो, ८ घरमा क्षती

-



     सफल आवाज    
     भाद्र ३० गते २०७७ मा प्रकाशित



मुग्लिन, ३० भदौ । चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा पहिराेले गाडी बगाएकाे छ । गएराति खसेको पहिरोले दुई मोटरसाइकल र दुई भ्यान बगाएकाे हाे।

पहिराेले पाँचकिलाे बजारका आठ घरमा समेत क्षति पुर्याएको प्रहरीले जनाएकाे छ । अहिले घरका मानिसहरु सुरक्षित स्थानमा सरेका छन् । वडा नं ६ मा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा पनि क्षति पुगेकाे छ ।

सडकमा खसेको पहिरो हटाउने प्रयास भईरहेको र सडक सञ्चालनका लागि समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।