सल्लीबजार सल्यानमा खुल्याे सांग्रिलाकाे १०७ औं शाखा

-



     सफल आवाज    
     माघ २७ गते २०७८ मा प्रकाशित



काठमाडौं,२७ माघ । बालुवाटारमा केन्द्रीय कार्यालय रहेकाे सांग्रिला डेभलपमेन्ट बैंकले सल्लीबजार, वनगाड कुपिण्डे नगरपालिका १ सल्यानमा नँया शाखा संचालनमा ल्याएको छ । बैंकले आज बिहीवारबाट सो शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन वनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द कुमार पुनले गरेका थिए ।

सल्लीबजार शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०७ पुगेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएको छ । बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना रहेको बैकका नायव महाप्रवन्धक अपूर्व प्रसाद जोशीले बताए ।