
काठमाडौं, १ फागुन । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आजदेखि नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।फाइनान्सले मुद्दती र क्रमिक बचतलाई एकीकृत गर्दै ‘एकीकृत मुद्दती क्रमिक बचत योजना’ सार्वजनिक गरेको हाे । यो योजना अन्तरगत ग्राहकले ११.७१ प्रतिशतकाे आकर्षक ब्याज पाउनेछन भने ग्राहकहरुले २५ हजार देखि १० लाख सम्मको मुद्दती खाता खोल्न सक्नेछन । मुद्दती निक्षेपबाट आर्जित ब्याज मासिक रुपमा क्रमिक बचत खातामा जम्मा हुँदै जानेछ ।
यस योजना अन्तर्गत खोलिएका खाताहरुको समयावधि १ देखि १० वर्ष सम्म हुनेछ । यस निक्षेप योजनाको ब्याजदर मुद्दती निक्षेपकै बराबर रहनेछ । यो खाता खोल्ने ग्राहकहरुलाई दुर्घटना बीमा, निःशुल्क आस्वा सेवा, मोबाइल बैंकिङ तथा कर्जाको सेवा शुल्कमा विशेष छूट लगायतका सहुलियतहरु प्राप्त हुने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले सफल आवाजलाई बताए ।
ग्राहकले दिर्घकालीन लगानीका रुपमा मुद्दती निक्षेपबाट आर्जित ब्याज क्रमिक बचत खातामा मासिक जम्मा हुँदै जाने र ग्राहकले सम्पूर्ण साँवा ब्याजको रकम उच्च प्रतिफल सहित एकमुष्ठ प्राप्त गर्ने हुँदा यस बचत योजनामा सहभागी हुने निक्षेपकर्ताहरुले उच्च शिक्षा, घरजग्गा खरिद, वैवाहिक कार्यक्रम, धार्मिक कार्यहरु, वैदेशिक भ्रमण लगायतका अवसरहरुलाई अझ सहज एवं उल्लासमय रुपमा सम्पन्न गर्नसक्ने सिइओ विशाल हुमागाँईले बताएका छन ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



