
काठमाडौं, २ फागुन । नाडेप लघुवित्तको नाफा ५५ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको खुद नाफा ५५.७५ प्रतिशत घटेर २ करोड १ लाख ९० हजार रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधीमा लघुवित्तले ४ करोड ५६ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालू आर्थिक वर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ४१.७७ प्रतिशत बढेर १९ करोड ४१ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १३ करोड ६९ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
लघुवित्तको सञ्चालन नाफा ५७.७१ प्रतिशत घटेर २ करोड ९३ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ९४ लाख ६७ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।
लघुवित्तको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ, जगेडा कोष ३४.९९ प्रतिशत बढेर ३८ करोड ८२ लाख ३ हजार रुपैयाँ, निक्षेप संकलन २०.३१ प्रतिशत बढेर १ अर्ब ६६ करोड ८७ लाख ४ हजार रुपैयाँ, कर्जा लगानी ८.४६ प्रतिशत बढेर ४ अर्ब ६४ करोड ७० लाख ७६ हजार रुपैयाँ र सापटी रकम १२.६५ प्रतिशत घटेर २ अर्ब ३ करोड ३ लाख ३० हजार रुपैयाँ रहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



